९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

छुट्ला है ! एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ चैत, काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १२ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरु लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे १७ औँ वार्षिक साधारणसभा चैत २० गते काठमाडाैंकाे बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ०९:३४