२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

नेपाल एसबिआई बैंकका ग्राहकलाई सीता प्यालेस होटेलमा विशेष छुट

१० चैत, काठमाडाैं । नेपाल एसबिआई बैंकका ग्राहले सर्लाहीको बागमतीस्थित सिता प्यालेस होटेल र हरिवनस्थित सीता प्यालेस होलिडे इनमा विशेष छुट पाउने भएका छन्।

नेपाल एसबिआई बैंक र ती होटेलबीच छुट सम्झौता भएको हो। यो सम्झौतासँगै बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकले लक्षित गरी सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट पाउनेछन्।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा उक्त छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख लेखनाथ पोख्रेल तथा सीता प्यालेस होटेल र सीता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोदप्रसाद मैनालीले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : March 24, 2023 at 3:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/