एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सेवा दुई दिन बन्द हुने, यस्ताे छ कारण
१० चैत, काठमाडाैं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै शुक्रबार राती १२ः०० बजेदेखि आइतबार राती १२ः०० बजेसम्मका लागि बैंकको कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको हो ।
बैंकले सूचनामा भनेकाे छ, ‘यस बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्विच अपग्रेशनरमाइग्रेशन गर्नुपर्ने भएकोले शुक्रबार राती १२ः०० बजेदेखि आइतबार राती १२ः०० बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम-पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुनेछ ।’
कार्डसम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवकाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १२:४८