८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

किन्ने हाेइन त ? १४५ रुपैयाँमा सानिमा बैंकको सेयर बिक्रीमा

१० चैत, काठमाडौं । सानिमा बैंकले आज चैत १० गते शुक्रबारदेखि केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि उक्त सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । बिक्रीमा राखिएकाे सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

साे संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले न्यूनतम २ लाख कित्ताका लागि सूचना प्रकाश भएकाे मितिबाट ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

तोकिएको समय अवधिभित्र  संस्थापक सेयरधनीबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १२:३१