६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा

९ चैत, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडकाे आईपीओ आज बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेकाे आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे कार्यालय कमलादीमा बाँडफाँड गरिएको हो।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाउँपालिकाका स्थानीयलाई ७ लाख ६० हजार कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई १ लाख ५२ हजार कित्ता आईपीओ जारी गरेको थियो।

स्थानीयको हकमा १० कित्तादेखि ९ हजार ९९० कित्तासम्म आवेदन दिने आवेदकलाई मागबमोजिम, ३ हजार ५१४ आवेदकलार्ई जम्मा ६ लाख ७८ हजार ६०० कित्ता सेयर र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्तादेखि २ हजार १० कित्तासम्म आवेदन दिने १५ हजार ४१ आवेदकहरुलाई १० कित्ता र २० कित्तादेखि २ हजार १० कित्तासम्म आवेदन दिने १२ हजार ११७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीकाे आईपीओ नतिजा  प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np  बाट हेर्न सकिने छ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १४:५३