श्रीमतीलार्इ चुनाव जिताउन घनगढी राजधानी ताेकेका देउवाले भनेः बरू दिपायल नै ठीक थियो
२० असोज, काठमाडाैँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानीबारे मुख खोलेका छन । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सुदूरपश्चिमको राजधानीका लागि गोदावरी उपयुक्त नभएको दाबी गरे ।
यसअघि श्रीमति अारजु देउवालार्इ निर्वाचन जिताउनका लागि कैलालीलार्इ तोकेको भन्ने विषयबारे भने उनले केही बोलेनन । उनले अब गोदावरीमा नयाँ संरचना बनाउँदा सम्पूर्ण सुदूरपश्चिमको विकास खर्च नै सिद्धिने पनि बताए । राजधानीका लागि धनगढी नै उपयुक्त रहेको भन्दै उनले प्रदेशसभाको निर्णयको विरोधमा उत्रन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १४:३५