१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

वर्तमान सरकार पाँच वर्षका लागि हो, खण्डित गर्ने सहमति भएको छैनः उपप्रधानमन्त्री पोखरेल

१९ असोज, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेकपाका नेता ईश्वर पोखरेलले केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकार पाँच वर्षको जनादेश प्राप्त भएको बताएका छन । उनले अागामी निर्वाचनसम्म यही सरकार बाहल रहने पनि दाबी गरेका छन ।

नेकपा माअोवादी केन्द्रसँग एकताको समयमा अाधा कार्यकाल प्रधानमन्त्री प्रचण्डलार्इ दिने सहमति भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको गुटमा लागेका केही नेताहरूले बताइरहेको अवस्थामा पोखरेलले सरकार खण्डित हुने गरी कुनै सहमति नभएको दाबी गरे ।

केही समयअघि भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा सत्तारूढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे सहमति भएको बताएका थिए। त्यसलाई बल पुग्ने गरी नेकपाकै एक केन्द्रीय सदस्यले चार बुँदे सहमति भएको र त्यसअनुसार वर्तमान प्रधानमन्त्रीको कार्यकाल अब दुई वर्ष मात्र रहेको भन्दै त्यसपछि सत्ता हस्तान्तरण हुने दाबी प्रचारमा ल्याएका थिए । तर नेकपाका सचिवालयका सदस्य पोखरेलले त्यस्तो कुनै सहमति नभएको बताएका छन । पोखरेलले बीबीसी नेपाली सेवासँगको कुराकानीमा यस्तो बताएको हुन । पोखेरलसँगको कुराकानी यो लिंकमा गएर हेर्न र सुन्न सक्नुहुन्छ ।  

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १९:२९