२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

सनराइज बैंककाे ३ लाख ९ हजार कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

३ चैत, काठमाडौं  । सनराइज बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकका दुई जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख ९ हजार ९९१ कित्ता सेयर बिक्री गर्न निवेदन दिएकाे हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ । बैंकले संस्थापक रामकृष्ण मानन्धरकाे नाममा रहेको २ लाख ६३ हजार ४९६ कित्ता सेयर बिक्री गर्न लागेका हाे । उक्त सेयरमा संस्थापक सेयरधनीले न्यूतम १२५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

यस्तै, बैंकले संस्थापक मैयादेवी श्रेष्ठकाे नाममा रहेको ४६ हजार ४९५ कित्ता सेयर बिक्री गर्न लागेकाे हाे । साे सेयरमा संस्थापक सेयरधनीले न्यूतम १२८ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिन सक्नेछन्।

साे अवधिमा संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा उक्त सेयर प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर विक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : March 17, 2023 at 10:56 am