१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कांग्रेसले अाफ्नाे पार्टीभित्रको अन्तरविरोध ढाक्न सरकारबारे भ्रम फैलायाेः मुख्यमन्त्री पोखरेल

१९ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कांग्रेसले अाफ्नाे पार्टीभित्रको अन्तरविरोध लुकाउन सरकारबारे भ्रम फैलाएको आरोप लगाएका छन् । नेकपा प्रदेश ५ का इञ्चार्जसमेत रहेका पोखरेलले तीव्र विकासको अपेक्षा गरेका जनताका असन्तुष्टिहरु भित्र खेलेर कांग्रेस नेतृत्वले आन्तरिक विवादलाई सरकार विरोधी संघर्षमा लगाउन खोजेको भन्दै अाराेप लगाए ।


शुक्रबार नेकपा प्रदेश कमिटीको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘नेपाली कांग्रेसले यतिबेला सरकारविरुद्ध भ्रम पैदा गराइरहेको छ’, ‘याे आफूभित्रको आन्तरिक विवादलाई सरकार विरोधी संघर्षमा डाइभर्ट गर्न चालिएको प्रपञ्चबाहेक केही होइन ।’ सरकारविरुद्ध छरिएको भ्रम अस्थिरता निम्त्याउने चाहनाबाट प्रेरित भएको आरोप मुख्यमन्त्री पोखरेलको छ ।

जनताले वर्तमान सरकारबाट तीव्र विकास चाहे पनि विधि र प्रक्रियाका कारण अपेक्षाअनुरुपको काम हुन नसकेको बताए । उनले पार्टी पंक्तिको विवाद व्यवस्थापनको सीमाभन्दा बाहिर नगएको र निकट भविष्यमै समाधान हुने पनि बताए ।

 

प्रकाशित मिति : October 5, 2018 at 12:19 pm