अधिकारको दुरुपयोग नगर्न जनप्रतिनिधिलाई मुख्यमन्त्री राईकाे आग्रह
१७ असाेज, विराटनगर । प्रदेशका १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई अधिकारको दुरुपयोग नगर्न अाग्रह गरेका छन् । प्रदेश समन्वय परिषद्को बैठकको उद्घाटनका गर्दै मुख्यमन्त्री राईले स्थानीय तहका जनप्रतिनिधि ‘आफै ठेकेदार, आफ्नै डोजर’ भएको आरोप लगाउँदै लगाए । अहमता बढाउने र कसैलाई नटेर्ने काम नगर्न समेत जनप्रतिनिधिलार्इ चेतावनि दिए ।
जनप्रतिनिधिले मात्तिने र आत्तिने काम गर्नै नहुने उनले बताए । उनले भने, ‘ठीक ढंगले अधिकारको प्रयोग गरी जनताको काम गर्ने हो । नीति र कार्यक्रम बनाउने हो । बजेट बनाउने हो । जनताको हितको लागि काम गर्ने हो ।’ अधिकार हातमा आयो र जम्मैथोक हातमा आयो भनेर जथाभावी गर्ने खालको म्यान्डेड कसैलाई नदिएको पनि उनले बताए ।
प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १६:२९