२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डलाई सर्वोच्चको आदेशः पक्राउ गरेर कारबाही किन नगर्ने १५ दिनभित्र जवाफ दिनु

२६ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम व्यक्ति हत्याको आरोप स्वीकार गरेको अभियोगमा पक्राउ गरेर किन कारबाही नगर्ने हो १५ दिनभित्र लिखित जवाफ दिनु भन्ने आदेश जारी गरेको छ ।

सर्वोच्चले संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरेको छ । सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।

आदेशमा भनिएको छ ‘ अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन।’

इजलासले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलताका कारण यसलाई छिटो छरितोरुपमा निरुपण गर्नुपर्ने भन्दै अग्राधिकार भने दिएन् ।

त्यस्तै माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयमंले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १७:०७