३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

उपराष्ट्रपतिका लागि योग्यता नै नपुगेको रञ्जितालाई उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

२६ फागुन, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको पार्टीकाे संसदीय दलको बैठकले रञ्जितालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले  जानकारी दिए।

तर रञ्जिता उपराष्ट्रपतिको उम्मेदवार बन्न् अयाेग्य छिन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार ४५ वर्ष उमेर पूरा गरेकाे व्यक्ति मात्रै उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि याेग्य हुन्छ ।

निर्वाचन आयोगको रेकर्ड अनुसार रञ्जिता ३९ वर्षमा मात्रै पुगेकी छन् । भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागि हुने क्रममा उनले पेश गरेको नागरिकताका आधारमा उनको उमेर ३९ वर्ष मात्रै रहेको छ ।

ऐनको दफा १५ मा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनका लागि उम्मेदवारको उमेरको गणना गर्दा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिनसम्ममा पैतालीस वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ ।’

प्रकाशित मिति : March 10, 2023 at 12:42 pm