३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

फुटेका माओवादीहरू फेरि एकै ठाउँमा, विप्लव सहभागी बैठकमा बाबुराम पुगेनन्

२६ फागुन, काठमाडौँ । फुटेका माओवादी घटकहरू फेरि बालुवाटारमा जम्मा भएका छन । झण्डै दुई दशकसम्म शान्ति प्रकियाको काम पूरा नगरी विदेशी शक्तिको चालमा फुट्ने फुटाउने गरी रमाइलो गरिरहेका दलहरू सर्वोच्चको एउटा आदेशसँगै एक जुट भएका छन । उनीहरू शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न लागि भन्दै एकपटक पुनः जुर्मुराएका छन ।

शुक्रबार बिहान बसेको माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द बिप्लव, कृष्णबहादुर महरा, जनार्दन शर्मा, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागी रहेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूको बैठक अहिले पनि जारी छ । सर्वोच्चको आदेशपछि माओवादी धाराका राजनीतिक दलहरूबीचको यो दोस्रो बैठक हो । अघिल्लो बैठकमा डा बाबुराम भट्टराई सहभागी हुँदा विप्लव सहभागी भएका थिएनन् । शुक्रबारको बैठकमा विप्लव सहभागी हुँदा बाबुराम सहभागी भएका छैनन् । बाबुरामले पत्नी हिशिला यमीलाई  प्रतिनिधि बनाएर बैठकमा सहभागी गराएका छन । तस्बिरहरूः प्रदीपराज वन्त, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : March 10, 2023 at 10:35 am