२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै मुलुकको चाैँथो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२५ फागुन, काठमाडाैँ । मुलुकको चाैँथो राष्ट्रपतिमा नाै दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतपरिणाम अनुसार पाैडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका छन । उनले संघीय संसदको २१४ र प्रदेशसभा सदस्यहरूको ३५२ मत प्राप्त गरेका छन ।

राष्ट्रपतिमा पराजित भएका नेकपा एमालेका उम्मेदवाार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरे । उनले संघीय संसदका ९६ सदस्य र प्रदेशसभाका १६२ सदस्यको मत प्राप्त गरे । ८३१ जनाले मतदान गरेका थिए ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको पार्टीको समर्थन रहेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १६:५८