छुट्ला है ! तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ फागुन, काठमाडाैं । विभिन्न ३ कम्पनीहरूकाे लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन रहेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन, सांग्रिला डेभलपमेन्ट बैंक र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।
वार्षिक साधाणसभा र लाभांश प्रयोजनार्थ साल्ट ट्रेडिङले भोलि फागुन २६ गते तथा सांग्रिला डेभलपमेन्ट बैंक र साना किसान विकास लघुवित्तले फागुन २८ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यी तीनै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
१) साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभासं सुरक्षित गर्ने आज फागुन २५ गते बिहिबार अन्तिम दिन रहेको छ। कम्पनीको फागुन १४ गते बसेको सचालक समिती बैठकले कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।कम्पनीकाे साधारणसभा चैत्र १० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान १२ः१५ बजेदेखि सुरु हुनेछ ।
२) सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा चैत १७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
३) साना किसान विकास लघुवित्त
साना किसान विकास लघुवित्तले आफ्नो २१ औँ वार्षिक साधारणसभा चैत १० आयोजना गर्ने निर्णय गरेको छ। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीकाे २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १०:४०












