५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट सर्वोच्चमा दर्ता, बिहीबारलाई ताेकियाे पेशी

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरन र कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा मंगलबार रिट दर्ता गरेका हुन्।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च गएका हुन्।  शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयाँलको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।

प्रचण्डले तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने भनी अभिव्यक्ति दिएका थिए । उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गरिएको रिट आज दर्ता भएको हो।

प्रचण्ड विरुद्धको रिट दर्ता भएपछि अदालतले बिहीबारलाई पेशी तोकेको हाे।

प्रकाशित मिति : 12:56