२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्ने बाटो खुल्यो, यस्तो छ सर्वोच्चको आदेश

१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हत्या आरोपमा पक्राउ गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदातलले हत्या आरोपमा प्रचण्डलाई पक्राउ गरी कारबाही गर्न माग गरेको निवेदन दर्ताका लागि आदेश दिएको हो ।

यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको मुद्दामा सर्वोच्चले शुक्रबार आदेश दिँदै दरपिठको निर्णय बदर गरिदिएको हो । शुक्रबार न्यायाधीशद्धय इश्वर खतिवडा र हरि फूयाँलको इजलाशले सर्वोच्च प्रशासनको निर्णय बदर गरिदिएको हो ।

प्रचण्डलाई हत्या आरोपमा पक्राउ गरी कारबाही गर्न माग गरिएको रिट दरपिठमा परेपछि कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले छुट्टाछुट्टै दुईवटा निवेदन गत मंसिर ७ गते दिएका थिए । उक्त मुद्दमा तीन पटक तारेखमात्र तोकिएको थियो ।

गत माघ १३ गते न्यायाधीशद्धय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलाशमा पर्दा हेर्न नभ्याउने सूचीमा चढेको थियो । तर शुक्रबार भने न्यायाधीशद्धय इश्वर खतिवडा र हरि फूयाँलको इजलाशले प्रशासनको निर्णय बदर गरिदिएको छ ।

योसँगै माओवादी अध्यक्ष प्रचण्डलाई व्यक्ति हत्याको आरोपमा पक्राउ गरेर अनुसन्धनान गर्न मिल्ने बाटो खुलेको छ । प्रचण्ड स्वयंले सार्वजनिक रूपमा ५ हजारको हत्यामा आफूसहितको संलग्नता रहेको स्वीकार गर्दै त्यसमा जसअपजसको सम्पूर्ण भागी हुने बताएका थिए ।

प्रचण्डले व्यक्ति हत्याको कसुर स्वीकार गरेर ५ हजारको जिम्मा लिने सार्वजनिक घोषणा गर्दा पनि प्रहरी चुप बसेको भन्दै रामेछापका द्धन्द्धपीडित कल्याण बुढाथोकी सर्वोच्चकत्र ढोकामा पुगेका थिए ।

यस्तो छ मुद्दाको विस्तृत बिबरण 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार २३:५८