१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

देश डुब्यो भन्ने माधव नेपालको चार महिनामा छ पटक विदेश भम्रण, राष्ट्रले के पायो ?

१६ असोज, काठमाडाैँ । सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसकेको अाजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ ।

नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ। नेकपाका एक नेताले भने, ‘संकटको घडीमा विदेश किन जाने ? महिनामा कति दिन विदेश बस्ने ?

भ्रमणका उपलब्धि के हुने ? त्यसबाट मुलुक र पार्टीले के कति इज्जत-प्रतिष्ठा कमायो ? यसबारेमा अब उहाँ (नेपाल)ले सोच्नुपर्छ।’ नेपालले पार्टीभित्र प्रश्न मात्रै उठाएको भन्दै उनले भने, ‘पार्टीमा बहस उठाउने मात्रै होइन, समाधानको खोजीमा पनि उहाँ (नेपाल) गम्भीर भएर लाग्नुपर्छ।’ नेपाल आइतबार मात्रै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका छन्।

जेठ ३ मा पार्टी एकता घोषणा भएयता उनको यो छैटौं विदेश भ्रमण हो। तीन महिनाको बीचमै चीन भ्रमण दोस्रोपटक हो। नेपालले चीनबाहेक चारमहिनामा अमेरिका, ब्राजिल, घाना र कम्बोडियाको भ्रमण गरिसकेका छन्।

प्रकाशित मिति : October 2, 2018 at 7:18 am