प्रादेशिक संरचना भालुको कन्पट भयोः अध्यक्ष केसी
१५ असोज, काठमाडाैँ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले प्रादेशिक संरचना भालुको कन्पट भएको बताएका छन । उनले नेपालको अखण्डता कायम गरिरहन संघीयता खारेज गर्नुपर्ने त्यो प्रदेशबाट सुरू गर्नुपर्ने उनले बताएका छन ।
एपीवान टेलिभिजनसँगको कुराकानीमा उनले विश्वका १७० भन्दा धेरै देशमा अहिले पनि एकात्मक शासन रहेको बताउँदै नेपालमा सबैभन्दा पहिले अनावाश्यक रहेको प्रादेशिक संरचना खारेज गरिनुपर्ने जिकिर गरे ।
उनले सात प्रदेशका सांसद र मन्त्रीसहित साढे तीन सय भन्दा धेरैलाई देशले पाल्न नसक्ने बताए । नेपाल जस्तो भौगोलिकरुपमा सानो देशलाई चाहिँदै नचाहिएको प्रदेशमा खर्च बढ्नु स्वभाविक भन्दै उनले केन्द्र र स्थानीय तहसहितको संरचना नै नेपालका लागि पर्याप्त हुने बताए ।
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार २२:३७