२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

बैकको ऋण तिर्न बलेफी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

१४ फागुन, काठमाडाैं । बलेफी हाइड्रोपावर लिमिटेडले बैंकको ऋण तिर्न हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १:०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । सभाले हकप्रद शेयर बिक्रीबाट उठ्ने पैसाले बैंकको ऋण चुक्ता गर्ने निणर्य गरेको हो ।

सञ्चालक समितिले कम्पनीको आगामी वार्षिक साधारणसभामा हकप्रद सेयर जारी प्रस्ताव स्वीकृतिका लागि पेस गर्नेछ। वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कम्पनीले नियमनकारी निकायहरुबाट अनुमति लिएर हकप्रद जारी गर्नेछ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ११:०२