माधव नेपालको अभिव्यक्तिबाट समग्र कार्यकर्ता दुःखी र मर्माहत भएः महासचिव पाैडेल
१५ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पाैडेलले वरिष्ठ नेता माधव कुमार नेपालको अभिव्यक्तिबाट समग्र कार्यकर्ता दुःखी र मर्माहत भएको बताएका छन । महासचिव पाैडेलले भनेका छन, ‘सरकारको आलोचना गरेर सदनमा माधव नेपालले जे बोल्नुभयो, यो उहाँले बुझ्नुभए हुन्छ, विरोधीहरू पनि खुसी भए होलान्। तर समग्र पार्टीपंक्ति, कार्यकर्ता यसबाट दुःखी भएका छन् र मर्माहत भएका छन्।’
महासचिव पाैडेलले नेपालले सदनमा दिएको अभिव्यक्तिबाट निराशा सम्प्रेषण भएको बताए । उनले देश सम्हाल्ने कोही पनि छैन, अज्ञात माझीदाइको खोजी गर्नुभयो। अज्ञात माझीदाइको खोजी गरेर देश बचाउन सकिएला त भन्दै प्रतिप्रश्न समेत गरेका छन । यी पार्टीले सक्दैनन्, यी नेताले सक्दैनन्, कुन अज्ञात माझीदाइले देश बचाइदिने ? डुब्न आँटेको देश कसले उतारिदिने ? महासचिव पाैडेलले भनेका छन ‘यो अभिव्यक्तिले आम जनतामा पनि ओहो अब त नहुने रहेछ, कुनै पनि नेताले सक्ने रहेनछन् भन्ने निराशा बढाएको छ। अर्को अज्ञात माझीदाइको खोजीमा नेताहरू नै पुगिसकेपछि, छौ कि कोही भनेपछि अर्थ त्यही लाग्यो। ’
उनले नेपालको अभिव्यक्तिबाट आम जनतामा दुईतिहाइ बहुमतको सरकार बनाए पनि केही नहुने भयो अब बर्बाद भयो, नेताहरूले नसक्ने भए भन्ने सन्देश गएको र त्यो नराम्रो भएको बताए ।
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १७:१६