सुदूरपश्चिम प्रदेशको राजधानीका लागि एउटा पनि रुख काटिदैनः नेकपा इन्चार्ज रावल
१५ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रदेश राजधानी नेपाली कांग्रेससँगको सहमतिमै तोकिएको बताएका छन । राजधानी विवादबारे मुख खोल्दै उनले कांग्रेससँगको सहमतिमै राजधानी प्रस्ताव गरिएको बताएका हुन । उनले संघ र प्रदेश दुवैतिर दुई तिहाई बहुमतको सरकार चलाइरहेको नेकपाले प्रदेश राजधानी गोदावरी तोक्ने निर्णयको बचाउ गरे ।
उनले आफ्ना सभापति शेरवहादुर देउवाको निर्णयको बचाउका लागि मात्र कांग्रेसले विरोध गरेको हुनसक्ने अनुमान गरे । उनले भनेका छन ‘देउवा सरकारले धनगढी अस्थायी राजधानी तोकेकाले आफ्नो सभापतिको निर्णयको बचाउ गर्न खोजिएको होला । तर, गोदावरी राजधानी प्रस्ताव गर्दा कांग्रेसको पनि सहमतिमै गरिएको हो ।’ सुदूरपश्चिम प्रदेशको राजधानीका सन्दर्भमा भ्रम फिँजाउन खोजिएको भन्दै रावलले एउटा पनि रुख नकाटिने र वन्यजन्तुको बाटोमा राजधानी नपर्ने बताए ।
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १६:१२