माधव नेपालको पतन सुरू भएको अोलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको संकेत
१३ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेताले भागवण्डाको माग गर्दै पार्टी भित्र गुटबन्दी तीब्र बनाएपछि अालोचित बनेका छन । पार्टी नेता र कार्यकर्ताको पंक्तिमा तीव्र अोलिचित बनेका नेपालको पतनको बाटो सुरू भएको संकेत प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अोलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेका छन ।

प्रधानमन्त्रीसँगै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका रिमालले माधव नेपालले चियापानको नाममा गुटको भेला गरेको समाचार पढेपछि अाफ्नो ट्वीटरमा लेखेका छन “मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन शुरू गरिन्छ !” रिमालले सीधै माधव नेपालको नाम नलिए पनि उनले माधव नेपालको चियापानका निम्ति नै यो लेखेको हो भनेर बुझ्न कठिन छैन ।
सरकारका विरूद्धमा विष अोकली रहेका नेपालका विरूद्धमा संस्थापन समूहले योजनाबद्ध तयारी गरेको यो स्टाटसबाट सहजै बुझ्न सकिन्छ । यसअघि विष्णु रिमालकै कारण योगेश भट्टरार्इ मन्त्रीहुनबाट बञ्चित बन्न पुगेको नेपाल गुटका नेताहरूको निष्कर्ष रहेको छ । पार्टीका बैठकमा चुँ पनि गर्न नसक्ने अनि बाहिर चियापानका नामा गुटबन्दी गरेको भन्दै नेताहरू नै नेपालसँग चिढिएका छन । नेपालले सरकारका विरूद्धमा कांग्रेसका केही नेताहरूसँस बसेर समेत सल्लाह गरेको अरोप लग्दै अाएको छ ।
रिमालले गरेको यो ट्वीट पढ्नुहोस र त्यहाँ व्यक्त भएका प्रतिक्रिया पनि लिंकमा गएर पढ्न सक्नुहुन्छ ।
“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब
आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू
गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je— Bishnu Rimal (@BishnuRimal) September 28, 2018
प्रकाशित मिति : September 29, 2018 at 8:32 pm









