२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु: सभामुख घिमिरे

५ माघ, काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षता र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

आज सभामुख पदमा निर्वाचित भएपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सभामुख घिमिरेले भने, ‘प्रजातान्त्रिक र सुन्दर अभ्यास भएको छ, यो अभ्यासबाट निर्वाचित भइएको छ । अब सभामुखको भूमिका ठिक ढंगबाट निर्वाह गरेर जान्छु, निष्पक्षताका साथ सभा सञ्चालन गर्छु ।’

उनले प्रक्रिया विधि र पद्धतिबाट असमझदारीहरुलाई निष्कर्षमा पुर्याइने समेत बताए । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १६:४८