तीन सयको सामान किनेका राम श्रेष्ठले जिते १० लाख पुरस्कार
१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले १० लाख पुरस्कार जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।

सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार जितेका हुन् ।
प्रकाशित मिति : November 17, 2026 at 10:17 am










