कांग्रेस नेता भण्डारीको सुझावः ‘सबल र सक्षम पार्टीका लागि कार्यकर्ताको अनुहार देखिने विधान’
१० असोज, काठमाडाैँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवम् बाैद्धिक व्यक्तित्व चन्द्र भण्डारीले सामाजिक सञ्जाल मार्फत पार्टीको विधानका निम्ति सुझाव दिएका छन । ‘’सबल र सक्षम काँग्रेसका लागि कार्यकर्ताको अनुहार देखिने विधान, विधान अनुसार चल्ने पारदर्शी नेतृत्व” शीर्षकमा उनले ८ बुँदे सुझाव दिएका छन । उनले पार्टीहरू नै विधानसम्मत चल्न नसके देश संविधानसम्मत चल्न नसक्ने भन्दै पार्टीमा क्षमता अनुसार समान न्याय र अवसर दिनुपर्नेमा जोड दिएका छन ।
भण्डारीले फेसबुक मार्फत सार्वजनिक गरेको सुझाव जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ
‘’सबल र सक्षम काँग्रेसका लागि कार्यकर्ताको अनुहार देखिने विधान, विधान अनुसार चल्ने पारदर्शी नेतृत्व”
नेपाली कांग्रेसले विधान संशोधनका लागी सुझाव संकलन गरिराखेको छ । पार्टीहरु विधान सम्मत चलेनन भने देश संविधान सम्मत चल्न सक्दैन । पार्टीमा क्षमता अनुसार समान न्याय र अवसर दिन सकिएन भने सरकारको नेतृत्व गर्दा पनि जनतालाई समान अवसर र न्याय दिन सकिदैन । पार्टीहरुलाइ सबल सक्षम नबनाइ सरकार चल्न सक्दैन र राष्ट्र पनि अगाडी बड्दैन । तसर्थ यसै रोगका कारण नेपाली कांग्रेस सानो भएको छ भने नेपाल सिमित व्यक्तिहरुको शिकार बनेको छ ।
अब कांग्रेसलाइ सबल र सक्षम बनाउनु छ ।
जसकालागी : नेपाली काग्रेसको विधानमा निम्न बुदाहरु राख्नु पर्दछ ।
१-समानुपातिक प्रणाली अवसर हो धनी बाबु आमाले अाफ्ना सन्तानलाई दिने दाइजो होइन । समानुपातिकको अवसर एकपटक भन्दा बडी कसैले पनी पाउनु हुदैन । कसैले गर्यो भने लेनदेनको आधारमा गरिएको ठानी भष्ट्रचार अभियोगमा कारवाई गरिनु पर्दछ ।
२- विधान पालना नगर्ने नेतृत्वलाइ बिचमानै निकाल्न सक्ने व्यवस्था हुनु पर्दछ ।
३- जुनसुकै पदमा रहेपनि नेताहरु तल्लो निकायबाट प्रतिनिधित्व हुदै आउने व्यवस्था गरिनु पर्छ।
४- तल्लो निकायहरु अधिकार सम्पन्न बनाउने र केन्द्रको हस्तक्षेपलाइ नियन्त्रण गर्ने ।
५- नेतालाइ कमजाेर बनाउने होइन विवेकशील बनाउदै विधानतः छाडा, परिवार र पैसा मुखी हुने प्रवृत्तिबाट बचाउन विधानतः बाँधनु पर्दछ ।
६- नेताहरुको सम्पत्ति पारदर्शी हुनु पर्ने व्यवस्था गरिनु पर्दछ ।
७- पार्टीको समिक्षा,अनुगमन , मुल्याड.कन र दण्ड र पुरस्कारको पारदर्शी व्यवस्थापन ।
८- सामाजिक सदभाव भड्काउने र राष्ट्रविखण्डनमा लाग्नेहरुको सदस्यता खारेज ।
“ कांग्रेस जस्तो सुकै शक्ति संग लड्न सक्षम छ तर आफ्नै नेताबाट बचाउन अप्ठ्याराे परेको छ तसर्थ भागबण्डा, गुट, उपगुट, गिरोह , पदहरुको व्यापार, अविवेकशील निर्णय, विचार शुन्यहरुको बाहुल्यताका कारण नेपाली काँग्रेस इतिहासमा सबैभन्दा कमजाेर भएको छ।”
साथीहरु,
नेतृत्व गर्ने व्यक्तिहरु धनी हुने र देश ,जनता र पार्टी गरिव हुने जुन परिपाटी नेपालमा विकास भएको छ ।अरु कुनै पनि देशमा यस्तो हुदैन तसर्थ राम्रो र सक्षम पार्टीका लागी राम्रा विचार , ति विचारको नेतृत्व गर्ने राष्ट्रवादी सोच र समय अनुसारको विचारको नेतृत्व लिनसक्ने नेताका लागी नेपाली कांग्रेसको विधान निर्माणमा सतर्क बनौं ।
जय नेपाल ।
प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ११:३५