१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

७० वर्षमा सक्रिय राजनीतिबाट सन्यास लिने माधव नेपालको घोषणालार्इ प्रदीप नेपालको चुनाैती

१० असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका नेता प्रदिप नेपालले  एकता महाधिवेशनबाट ६० बर्ष नाघेका नेतालाई पार्टीबाट ससम्मान विदा गर्नुपर्ने प्रस्ताव गरेका छन । तात्कालिन नेकपा एमालेले सक्रिय राजनीतिका लागि ७० बर्षको उमेर हद तोकेपनि पार्टी एकतासँगै उमेरको हद हटेको बेला नेकपाका नेता नेपालले आफूसहित ६० कटेका नेताहरुलाई ससम्मान बिदा गर्न युवा पुस्तालाई अपिल गरेका छन ।

वरिष्ठ नेता माधवकुमार नेपालले ७० वर्षको उमेरबाट सक्रिय राजनीतिबाट सन्यास लिने बताएको केही दिनपछि प्रदीपले यस्तो अपिल गरेका हुन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन ‘नेकपाका युवा हो, अव तपाइहरुले हाम्रो पुस्ताबाट आस गर्ने होइन, आफै गरि खाने हो । आगामी महाधिवेशनमा ६० बर्ष माथिकालाई बिदा गर्न सक्नुभएन भने तपाइहरु लाचार पुस्तामा गनिनु हुनेछ ।’

नेपालको प्रस्तावमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, महासचिव बिष्णु पौडेललगायतका सवै शीर्ष नेता ६० बर्ष काटिसकेका छन ।

प्रकाशित मिति : September 26, 2018 at 11:18 am