५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.५३ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?


४ माघ, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफा बढेकाे देखिन्छ ।

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३८.५३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा २१.६३ प्रतिशतले बढेर २६ करोड ३८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २१ करोड ६९ लाख १३ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिसम्म संस्थाले ८ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई १० अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको यही अवधिसम्म संस्थाले ९ अर्ब ४५ करोड रुपैयाँ सापटी १० अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ रहेकाे कम्पनीकाे जगेडा कोषमा ३८ करोड १८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीकाे बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ १८ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी संस्थाको मूल्य आम्दानी अनुपात (पिइ रेसियों) २६.९३ गुणा रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १०:२२