१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री अोलीबीच भेट, उभिएर कुराकानी

१० असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । उनीहरूबीच करिब दुई मिनेट कुराकानी भएको हो। राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो भेटवार्ता भएको हो ।

स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन अनुसार अोली र ट्रमको बीचमा पनि कुराकानी भएको हो । उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : September 26, 2018 at 7:15 am