१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

अाफ्नो हत्या प्रयास भएको भन्दै विप्लवका प्रवक्ता विश्वकर्माले दिए यस्तो कडा चेतावनी

९ असोज, काठमाडाैँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आफ्नो हत्या प्रयास भएको बताएका छन । सर्वोच्चको अादेशबाट मंगलबार रिहाभएपछि मंगलबार साँझ माइतीघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दे प्रवक्ता प्रकाण्डले दुईतिहाईको सरकारले सम्पूर्ण बल लगाएर आफ्नो हत्या गर्ने प्रयास गरेको जिकीर गरे ।

उनले अाफूविरुद्ध झुठा मुद्धा लगाएर दमन गरेको भन्दै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले सर्वसाधारण निमुखा जनतामाथि सरकारले गरेको दमनको प्रतिकार आन्दोलनमार्फत गरिने बताए ।

तस्बीरः अन्नपूर्ण ।

प्रहरीले प्रकाण्डलाई विभिन्न जिल्लामा आगजनी, सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको, चन्दा असुली लगायतमा दोषी आरोपित गर्दै नुवाकोट, उदयपुर, मकवानपुर, काठमाडौं, काभ्रेलगायत जिल्लामा मुद्धा दर्ता गरेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार २१:१३