२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदै

२६ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । दाहाल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

सत्तागठबन्धनमा रहेका दलबाहेक नेपाली कांग्रेस, नेकपा एस र लोसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:३५