साल्ट ट्रेडिङको नाफा ७८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
१ मंसिर, काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७७.७२ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड ५२ लाख ४६ हजार ५४९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४२ लाख ६ हजार ३१९ रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब २४ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको बिक्री आम्दानी बढेर चालु वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड २९ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

बिक्री आम्दानी बढे पनि कम्पनीको कुल मुनाफा भने २७ करोड ६ लाख ३० हजार रुपैयाँबाट घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च १४ करोड ५० लाख रुपैयाँबाट घटेर ७ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँबाट बढेर ७.१९ रुपैयाँ पुगेको छ भने वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २८.७६ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ३८०.०९ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : November 17, 2026 at 1:22 pm












