२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सुदूरपश्चिममा एमालेलाई उन्मुक्ति पार्टीकाे साथ, राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

२६ पुस, काठमाडाैं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्न लागेको नेकपा (एमाले) लाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ।उन्मुक्ति पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वलाई समर्थन दिएजसरी नै प्रदेशमा एमालेलाई समर्थन गर्न लागिएको हो।

समर्थनमा दिए पनि सरकारमा सहभागी हुनेबारे भन्ने अहिलेसम्म निर्णय नभएको ती पदाधिकारीले बताए। उन्मुक्ति पार्टीको समर्थन पाएसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ।

सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्। सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधबारसम्मको समय छ।

सुदूरपश्चिमको प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सांसद छन्। नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ४ चार, राप्रपा र स्वतन्त्र एक/एक जना सासंद छन्। प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:१४