सुन्तलीको वेव सिरिज ‘मै राम्री’ बिहीबार साँझबाट प्रशारण हुने
२५ पुस, काठमाडाैँ । सामाजिक बिषयमा आधारित रहि कुन्जना घिमिरे ‘सुन्तली’ले वेव सिरिज ‘मै राम्री’ निर्देशन गरेकी छन् । आगामी बिहीबारबाट प्रसारण हुने वेव सिरिज ‘धुर्मुस सुन्तली’ युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६.४५ मा रिलिज गरिने बताईएको छ ।
नेपाली समाजमै देखिने बिषयवस्तुलाई सिरिजमा उतारिएको निर्देशक घिमिरेले बताइन् । “सिरिजमा बिशेषगरी बालबालिका र युवाहरुमा बिभिन्न विषयले आउने उताढचढावलाई मुख्य बिषय बनाइएको छ । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ”, घिमिरेले भनिन् । उनका अनुसार केहि भाग छायांकन भइसकेको र अन्य भागका लागि छायांकन गर्ने तयारी भइरहेको छ ।
शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ । ठूलोपर्दासँगको सहकार्य
प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १९:४०