२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सरकारले ५ वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षाभत्ता दिने (न्यूनतम कार्यक्रमको पूर्णपाठ)

२५ पुस, काठमाडाैँ । सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए । पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १९:२२