१५ भदौ २०८३, सोमबार | Tue Sep 1 2026

मूल्यवृद्धिविरुद्ध नेविसंघ आन्दोलित

८ असोज, काठमाडाैँ । चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध गरिएको हो ।

फाइल तस्बीर ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसङ्घ अध्यक्ष नैनसिंह महरले बताउनुभयो ।

प्रकाशित मिति : September 24, 2018 at 12:46 pm