२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

माधव नेपाललाई एमालेमै फर्काउन अभियानमा महेश बस्नेत पनि, निवासमै पुगेर गरे आग्रह

१३ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेमै फर्काउन एमालेका नेताहरू लागि परेका छन । उपाध्यक्ष विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरूङदेखि पोलिटब्यूरो सदस्य महेश बस्नेत सम्मले नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन ।

नेताहरूका अनुसार आफ्नो साइज र हैसियत छर्लङ्गै भएका कारण नेता नेपाल पनि एमालेमै फर्किन तयार देखिएका छन । यद्यपी उनले त्यसका लागि वातावरण बनाउने प्रयास थालेका छन । जसका लागि एमालेका नेताहरू निरन्तर कोटेश्वर धाउन थालेका छन । बस्नेतले नेपालसँग बुधबारसहित दोस्रो पटक संवाद गरेका हुन ।

बुधबारमात्रै एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेपाललाई निवासमै भेटेर एमालेमा फर्किन आग्रह गरेका छन । उनले सरकारलाई समर्थन दिन पनि आग्रह गरेका छन । कतिपयले दुई अध्यक्षको भेटवार्ता सुनिश्चत गराउन दौडधुप भएको भनेर पनि व्यख्या गरिरहेका छन ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १५:२५