१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नेकपाको जनवर्गिय संगठनको एकीकरणमा असफल कार्यदल विघटन, सदस्यको चर्को अालोचना

७ असोज, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताका सम्बन्धमा सिफारिस पेश गर्न गठन गरिएका तर काम गर्न नसकेका कार्यदलहरु चर्को अालोचनासहित विघटन गरेको घोषणा गरेको छ । कार्यदलहरुको चर्को आलोचना गर्दै नेकपाको केन्द्रीय सचिवालयल बैठकले विघटनको निर्णय गरेको हो। प्रतिवेदन पेश नगर्ने कार्यदलहरुको आलोचना गरेको सो बैठकले प्रतिवेदन पेश गर्ने कार्यदलहरुलाई धन्यवाद समेत दिएको छ।

स्रोतका अनुसार प्रतिवेदन पेश गर्न नसक्ने कार्यदलहरुमा– युवा, विद्यार्थी, महिला, मजदुर लगायतका जनवर्गीय संगठनका कार्यदल छन्।भूगोल तर्फ प्रदेश–२ को कार्यदलले पनि प्रतिवेदन पेश गर्न सकेको छैन। बैठक लगत्तै नेकपाले जारी गरेको विशेष परिपत्रमा सात वटै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने काम बैठकले गरेको बताइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार ०९:५९