२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

२ कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पाए अनुमति, कुनकाे कति ?

१२ पुस, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले अनुमति पाएका हुन् ।

१) मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएकाे हाे । कम्पनीले आईपीओ निष्कासनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२) सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।

त्यसैगरी,

प्रकाशित मिति : December 27, 2022 at 11:59 am