१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नीति अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने सरकारको निर्णय, ‘थिंक ट्याङ्क’ को रूपमा विकास गरिने

६ असोज, काठमाडाैँ । सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकाे सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटले जानकारी दिए ।

उनले प्रतिष्ठानलार्इ मुलुकको ‘थिंक ट्याङ्क’ का रुपमा अगाडि बढाउने निर्णय भएको पनि बताए । सो प्रतिष्ठानको सदस्यमा प्रा डा चैतन्य मिश्र, डा मीना आचार्य, प्रा डा राजेन्द्रध्वज जोशी, प्रा डा सुरेन्द्र लाभ र गणेशमान गुरुङलाई तोकिएको छ ।

मन्त्री बाँस्कोटाका अनुसार बेलायत सरकारसँग दोहोरो करको मुक्ति र कर छलीसम्बन्धी वार्ता गर्न आन्तरिक राजस्व विभागका महानिर्देशकको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ । यस्तै उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन संवाद परिषद् स्थापना गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ०१:००