नेकपाका नेता मायाप्रसाद शर्माद्धारा कर्णाली प्रदेशको सचिव अस्वीकार
५ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले सचिवालयले दिएको कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको नेकपाको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन् । नेता शर्मा रामबहादुर थापा बादलसँगै वैद्य माअोवदाीबाट पूर्वमाअोवादी केन्द्रमा एकतामा अाएका नेता हुन् ।
प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १६:०१