प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलार्इ महाअभियोग लगाएर सर्वोच्चबाट गलत्याइदै
५ असोज, काठमाडाैँ । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलार्इ महाअभियोग लगाएर पदमुक्त गरिदैँ छ । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि राजीनामा दिने अामअपेक्षा विपरित जोशी पुनः सर्वोच्चमा फर्किएर नियमित काम सुरू गरेपछि सांसदहरूले अापत्ति जनएका छन ।
प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयमा बोल्दै सांसदहरूले जोशीको विषयमा अापत्ति जनाउँदै अाएका थिए । अन्ततः नेकपाले जोशीको बलजफती विरूद्ध महाअभियोगको अन्तिम तयारी गरेको छ । नेकपाका प्रमुख सेचतक देवप्रसाद गुरूङले महाअभियोगका लागि हस्ताक्षर अभियान सकिएको जानकारी दिए ।
उनले राजीनामा आउला भनेर पर्खिएपनि अहिलेसम्म राजीनामा नआएको, बरु जोशी सर्वोच्चमै फर्किएकाले अब महाअभियोगको विकल्प नभएकाले कुनैपनि बेला महाअभियोग दर्ता गर्ने गरि तयारी भइरहेको बताए ।
प्रधानन्यायाधीशका लागि संसदीय समितिले अयोग्य ठहर गरे पनि सर्वोच्चमा जोशी नै बरिष्ठतम न्यायाधीशका रुपमा रहनुभएको छ । एक चौथाई सांसदले महाअभियोग दर्ता गर्न पाउने र दुई तिहाई बहुमतले महाअभियोग पारित गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १०:२०