२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

संसदीय समितिका सबै सभापति निर्विरोध निर्वाचित, नेकपालार्इ ८ तथा कांग्रेस र फोरमको भागमा १-१ 

४ असाेज, काठमाडौँ  । प्रतिनिधिसभाका १० वटै समितिमा सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । सबै समितिमा एकल उम्मेदवारी परेकाले निर्वाचन गर्नु नपर्ने भएको हो । मनोनयन दर्ताको दिन बिहीवार प्रमुख सत्तारुढ दल नेकपाले ८ तथा सत्ता साझेदार संघीय समाजवादी फोरम, नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलले १/१ समितिमा सभापतिको उम्मेदवारी दिएका हुन् ।

नेकपाका तर्फबाट निर्विरोध हुनेहरूमा अर्थसमितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य, कानून न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितमा पूर्णकुमारी सुवेदी, राज्य व्यवस्था समितिमा शशी श्रेष्ठ, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती छन् ।

यस्तै श्रम तथा उपभोक्ता हित समितिमा फोरमका विमलप्रसाद श्रीवास्तव र सार्वजनिक लेखा समितिमा कांग्रेसका भरतकुमार शाह निर्विरोध भएका छन् । संसदको प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समिति दिने संसदीय परम्परा छ । सार्वजनिक लेखा समिति पाएपछि कांग्रेसले अन्य समितिमा उम्मेदवारी दिएन । फोरमले भने नेकपासँगकै सहमतिमा एक समितिमा मात्र उम्मेदवारी दिएको हो ।

 

प्रकाशित मिति : 18:04