१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

अख्तियारको प्रमुख आयुक्तमा प्रस्तावित घिमिरेको संसदीय सुनुवार्इ अाज

४ असोज, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्यबाहक प्रमुख अायुक्त नवीनकुमार घिमिरेको संसदीय सुनुवाई आज हुँदैछ । संसदीय सुनुवाई विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने समितिका सदस्य पार्वत गुरूङले जानकारी दिए ।

संवैधानिक परिषदले भदाै २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्नेछिन ।  २०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै अाएका छन ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १०:३१