२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु

१४ मंसिर, इस्लामाबाद । पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका छन् ।

क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् । यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १३:०७