प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
१४ मंसिर, काठमाडाैं । साताकाे चाैथाें काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२९ अंकले घटेर १९५३.०७ विन्दुमा पुगेकाे छ ।
बुधबार प्रि ओपन सेसनमा ७ स्टकको ८३ हजार २८३ रुपैयाँ बराबरको १७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। २ स्टकको मूल्य स्थिर रहेको छ।
प्रकाशित मिति : November 30, 2022 at 11:06 am


