प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ मा अमेरिका जाने
२ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यही साता अमेरिका जाने भएका छन । अोली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका जान लागेका हुन । अोलीले अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिनेछन ।
महासभालार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बाेधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीकाे पालाे भने असोज ११ गते छ । महासभामा ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट सुरू भएको छ ।
प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ०९:२०