१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

नेप्सेमा एक कम्पनीकाे काराेबार राेक्का, यस्ताे छ कारण

७ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । कम्पनीको लाभांश घोषणासम्बन्धी जानकारीलाई लिएर नेप्सेले रिडी पावरको सेयर कारोबार रोक्का राखेकाे हाे ।

कम्पनी सञ्चालक समितिको हिजो बिहान ११ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयका बारेमा कम्पनीले दिउँसो ३ः५५ बजे नेप्सेमा जानकारी गराएको थियो। सूचना लुकाएकाे भन्दै  नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख गरिएकाे छ ।

विनियमावलीको विनियम १६( १ (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

प्रकाशित मिति : November 23, 2022 at 1:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/