१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

देशीविदेशी शक्तिले मिलेर ओली सरकार ढाल्ने खेल सुरू गरेको केसीको खुलासा

१ असोज, वुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति केपी ओली नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले सोमबार गरेको पत्रकार भेटघाटमा उनले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाए ।

‘पुरानो कर्मचारी संयन्त्रबाट नयाँ कामको अपेक्षा राख्नु नै गलत हो’, अध्यक्ष केसीले भने, ‘सरकारले सामान्य सुधारात्मक काम मात्रै गरे पनि धेरै हुन्छ ।’  उनले दुईतिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन सक्षम हुनुपर्नेमा जोड दिँदै महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आमनेपाली नागरिकले चाहेको बताए ।

अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुझाव दिएका छन् ।

प्रकाशित मिति : September 17, 2018 at 11:04 pm