महिला हिंसा न्यूनिकरणका लागि रक्सी र इन्टरनेटको प्रयोगमा कडार्इः गृहमन्त्री थापा
१ असोज, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसा न्यूनिकरणका लागि रक्सी र इन्टरनेटको प्रयोगमा कडार्इ गर्ने बताएका छन । रक्सी, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको निष्कर्षसहित उनले यस्तो बताएका हुन ।
सोममबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री थापाले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । उनले महिला हिंसा र बलत्कारका घटना न्युनीकरण गर्न विशेष कार्यक्रम ल्याउने पनि बताएका छन ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १९:५१